हावाहुरी सहित बर्षाको सम्भावना
कलाखबर ८,शुक्रबार– काठमाण्डौं । आज देशका पहाडी भू–भागमा हल्का बर्षाको सम्भावना रहेको छ भने तराई प्रदेशमा हावाहुरी चल्ने भएको छ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको कारण सुदूरपश्चिम, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रहेको मौसम विदले बताएको छ ।
आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा देशका बाँकी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।