Logo

आमा शब्दको अर्थ सायदै कुनै पनि शब्द कोषमा लेखेर सकिन्न होला


लेखक ः प्रेम जैरे

आमा!!!
बैशाख,७–काठमाण्डौं । आमा ः आमा शब्दको अर्थ सायदै कुनै पनि शब्दकोषमा लेखेर सकिन्न होला, आमा शब्द, शब्दहरूका लागि आफैमा पर्याप्त शब्द हो । जब कुनै पनि प्राणी धर्तीमा जन्म लिन्छ, त्यो बेला पहिलो चोटी नै उसका अनायासै स्वरले आमा भन्ने शब्दको प्रयोग गरेका हुन्छन । तिम्रा साना भन्दा साना प्रगतिमा कोहि असाध्यै खुशी हुन्छ भने, तिनी आमा नै हुन ।

किनकि तिम्रा शुन्यता देखि क्रमशः वृद्धिको जानकार कोहि छिन त आमा नै हुन । तिम्रा कलिला औंलाहरु बढेको थाहा छ तिनिलाइ, बरु अहिले तिमिलाइ ऐना हेर्नू पर्छ अथवा कसैले भन्दिनु पर्छ तिम्रो कपाल बढेछ भनेर तर तिनीलाई राम्रो सँग थाहा हुन्छ कि तिम्रा नंङ र केश कहिले बढ्छ भनेर । तिम्रा खुट्टी जहिल्यै आफ्ना बित्ताले नापि रहन्थिन ।

पेट छामि छामी खुवाउथिन कि अघाएउ कि अघाएनौ भनेर । तिम्रो खित्के हाँसो अनि टुल्के आँखा हेरेर नै अघाउन सक्ने आमा। जहिल्यै तिम्रा हात, खुट्टा, कान, नाक, गाला मुसार्दै आफ्ना सारा थकान, भोक, प्यास मेटाउने आमा । आफ्ना सबै इच्छा आकांक्षालाई मारेर सबै भबिस्य तिमिमा देख्ने आमा ।

डाक्टरले चेक जाँच गर्नु अगाबै थाहा हुन्छ, तिमीलाई के भएको हो भन्ने तिनी नै हुन आमा । तिम्रो मरन च्यासे न्याउरो अनुहार हेरेर तिमिलाइ भोक लागेको छ भन्ने थाहा पाउने तिम्री आमा ।

आज हजारौं शब्द अनि अनेकौं भाषा र घन्टौ बोल्न सक्छौं नि, सम्झ जुन बेला तिमिलाइ एउटा अक्षर उच्चारण गर्न नआउँदा बिहान, बेलुकै बोल्न सिकाउने आमा । सबै आवश्यकताको परिपुर्ति गर्दिने आमा। सबै समस्यको समाधान आमा, बस् तिमिले आँसु झारे पुग्थ्यो जुन तिमिले पाउन सक्थ्यो ।

प्रतिक्रिया दिनुहोस्