Logo

बैशाख महिना भारत भ्रमणमा जाने प्रधानमन्त्री प्रचण्डको तयारी


वैशाख,३ –काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख अन्तिम साता भारत भ्रमणमा जाने तयारी गरेका छन् । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री भएपछि पहिलोपटक औपचारिक भ्रमणमा भारत जाने तयारी गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तो दिइसकेकाले दुई देशको आपसी समझदारीमा भ्रमणको मिति तय गरिने प्रधानमन्त्री सचिवालयका एक सदस्यले बताए ।

प्रधानमन्त्री प्रचण्डले छिट्टै भारत भ्रमण गर्ने भनिए पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा र नजिकिएको उपनिर्वाचनका कारण ढिलाइ भएको सचिवालयका ती सदस्यले बताए । प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा परराष्ट्र मन्त्रालयले समेत तयारी थालेको छ ।

आइतबार शपथ लिए लगत्तै परराष्ट्र मन्त्री एनपी साउदले प्रधानमन्त्रीको भारत भ्रमण छिट्टै हुने बताएका छन् । आफूले परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हालिसकेकाले प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा लाग्ने साउदले बताए ।

प्रतिक्रिया दिनुहोस्