Logo

बालुवाटारमा गोली चल्दा नेता पुनको ७० बर्षिया आमा घाइते


वैशाख,२– काठमाडौं । शुक्रबार राती वालुटारमा गोली चल्दा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा घाइते भएकी छन् । उनको खुट्टामा गोली लागेर घाइते भएको अनलाइन खबरले जनाएको छ । गोली चलाउने व्यक्ति कामु प्रधानन्यायाधीशको सुरक्षामा खटिएका प्रहरी भएको खुलेको छ ।

शुक्रबार राति साढे ९ बजे नेता पुनको दाइको घरमा गोली चलेको प्रहरीले जनाएको छ । घाइते भएकी ७० वर्षीया आमा तीर्थमाली पुनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । राति १ बजे सूचना प्राप्त भएलगत्तै प्रहरीले गोली चलाउने प्रहरी हवल्दार प्रकाश पुन मगरलाई नियन्त्रणमा लिएको छ ।

उनलाई प्रहरी प्रधान कार्यालय, नक्सालमा राखेर सोधपुछ भइरहेको छ । स्रोतका अनुसार उनी नेता पुनका नातेदारसमेत हुन् । रोल्पामा उनीहरु छिमेकी समेत भएको पुन निकट स्रोतले जनाएको छ । उनी हाल कामु प्रधानन्यायाधीशको अगुवा गाडीमा बस्ने अधिकृत पनि हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्