ब्रेक तोड्दै थप नयाँ दुई विधामा रक्षकुमार राईको किर्तिमान कायम
काठमाडौ ८ माघ । रक्ष कुमाराईले थप नयाँ दुई विधामा गिनिज बुक्स अफ वर्ड रेकर्डमा फेरि नयाँ किर्तिमान कायम गर्दै रेकड तोडेका छन । शनिबार एक कार्यक्रमको आयोजना गरि सुनदरीजल स्थित उनले सो नयाँ रेकर्ड कायम गरेका हुन् । यो भन्दा अगाडी पनि दुई विधामा चार वटा रेर्कड राखेर गिनिज बुक्समा आफ्नो नाम लेखाई सकेका राईले फेरि (एक मिनेट बल टेनिस रकेटको ह्याण्डलमा २७१ पटक नचाउदै नयाँ रेकर्ड तोडेका छन् भने एक मिनेटमा ८० ग्राम अर्थात १० वटा सबै भन्दा धेरै गोल्भेडा खाएर थप नयाँ दुई विधामा रेकर्ड तोडेका हुन् । यस अघि मस्ट हिटस अफ टेनिस बल वीथ टेनिस रकेट ह्याण्डल इन वान मिनेट्स नेपालकै चित्रकुमार कार्कीले रेकर्ड राखेका थिए ।
कार्कीले एक मिनेटमा २६० कोर गरेका थिए । कार्कीको रेकर्डलाई ब्रेक गर्दै रक्षकुमार राइले २७१कोर गरी नयाँ रेकर्ड बनाइ विश्व रेकर्डको लागि प्रस्ताव गरेका हुन । साथै मस्ट टोमाटोज इटेन इन वान मिनेटस विधामा बेलायतकी नागरिका लिया सत्केभरको रेकर्डलाई ब्रेक गर्दै रक्ष कुमार राइले नयाँ रेकर्ड तोडेका हुन् ।
सतकेभरले एक मिनेटमा ८० ग्राम तौलका ८ दाना (जम्मा ६ सय ४० ग्राम) गोलभेडा खाएर विश्व किर्तिमान कायम गरेकी थिइन । सतकेभरको किर्तिमानीलाई ब्रेक गर्दै राईले एक मिनेटमा ८० ग्राम तौलका १० दाना (८ सय ग्राम) गोलभेडा खाएर नया रेकर्ड राखेका छन ।
राष्ट्रको पहिचान र स्वभिमानको लागि आफुले नयाँ किर्तिमानी कायम गरेको रक्षकुमार राइले बताएका छन् । नयाँ नयाँ सोक र रुचीले छुटै प्रकृतिको आफू रहेको पनि उनले खुलासा गरेका छन् । थप दुई विधामा नया किर्तिमान राख्दै आफ्नो लक्ष्य बिन्दुमा भने मिडियाले नै पु¥याएको उनले बताए ।
राईको यो रेकर्ड पहिलो भने होइन । यस अघि पनि उनले दुइ विधामा ४ रेकर्डहरु कायम गरेका छन् । राइले गिनिज वर्ड रेकर्ड, च्याम्पियन बुक्स अफ वर्ड रेकड, ओमजी बुक्स अफ वर्ड रेकर्ड र किङ बुक्स अफ वर्ड रेकर्ड जस्ता विद्यामा विश्व किर्तिमानी राखेका छन् ।
त्यसो त राइ लेखन क्षेत्रमा पनि अगाडि नै छन उनले व्रिटिस अग्रेजी भाषा सम्बन्धी तीन पुस्तकहरु लेख्न प्रकाशन गर्न भ्याइसकेका छन । साथै एक कराते खेलाडी पनि हुन । उनले सितारियो करातेमा ब्ल्याक बेल्ट (चौथो डन) प्राप्त गरेका छन । त्यसैगरी अन्तराष्ट्रिय रेफ्री तथा प्रशिक्षक पनि हुन । राईले विभिन्न अन्तराष्ट्रिय अवार्ड प्राप्त गरिसकेका छन भने विभिन्न सामाजिक काममा रक्ष कुमार राई सक्रिय रहेका छन । शनिबार मात्र थप नयाँ दुई विधामा ब्रेक तोड्दै किर्तिमान कायम गरेका राई फेनि चाडै नै गिनिज बुकमा नाम दर्ता गराउने तयारीमा रहेका छन् ।