Logo

मै खाउ, मै लाउ भन्ने नीतिले काँग्रेस नाङ्गोजार


पुस,१० – काठमाडौं । मै खाउ, मै लाउ भन्दै काँग्रेसले सबै पद दावी गर्दा आफै नाङ्गोजार भएको छ । एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्ने पक्का भएपछि काँग्रेस प्रतिपक्षमा बस्ने निश्चित भएको छ ।

केन्द्रमा मात्र नभएर प्रदेशमा समेत काँग्रेसले नोक्सान बेहोर्नु पर्ने देखिएको छ । काँग्रेसका अडानका कारण प्रचण्डले हात झिकेपछि अहिले सम्म जोगाएर राखेको दुई बर्षको गठबनधन पनि औपचारिक रुपमा टुटेको छ ।

राष्ट्रपति र प्रधानमन्त्री दुवै काँग्रेसले नछोडे पछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बैठकबाट बाहिरिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्