Logo

कोका– कोलाको सहयोगमा क्रिएसनद्वारा शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरि हस्तान्तरण


राज कुमार राई
मंसिर २१ – काठमाण्डौं । कोका – कोला फाउण्डेसनको आर्थिक सहयोगमा क्रिएसनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा रहेको मनमोहन कार्डियो – थेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा अक्सिजन प्लान्ट स्थापना गरी मंगलबार हस्तान्तरण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईं, शिक्षण अस्पतालका निदेर्शक श्री दिनेश काफ्ले , मनमोहन अस्पतालका कार्यकारी निर्देशक श्री उत्तमकृष्ण श्रेष्ठ, नेपाल र भुटानका लागि कोका – कोलाका कन्ट्री डाइरेक्टर श्री आदर्श अवस्थी, क्रिएसनका सस्थापक तथा अध्यक्ष आनन्द मिश्र, र कोका – कोला बोटलर्स नेपाल लिमिटेडका वरिष्ठ प्रतिनिधिहरुको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।

एक पटकमा ५० जनासम्म बिरामीलाई सेवा दिन सकिने यस अक्सिजन प्लान्टबाट प्रति सेकेण्ड २४० लिटर अक्सिजन उत्पादन गर्न सकिने क्रिएसन फाउण्डेसनले जनाएको छ । क्रिएसन र कोका – कोला फाउण्डेसनले अक्सिजन प्लान्ट स्थापना गरि अस्पताललाई हस्तान्तरण गरेकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देव कुमारी गुरागाईंले धन्यबाद ज्ञापन गरेकी छन् । उहाँले कोभिड महामारीले सबैलाई स्वास्थ्यजन्य विपतहरुबाट बच्न सदैव तयारी अवस्थामा रहनुपर्छ भन्ने कुराको महसुस गराएको बताउनु भएकी छन् ।

स्वास्थ्य सेवा क्षेत्रमा यस्तो सक्रिय संघ–सस्थाहरुको सहयोग पाउँदा स्वास्थ्य संस्थादेखि मन्त्रालयलाई पनि साह्रै खुशी महशुस भएको बताउनु भएकी छन् । स्वास्थ्य सेवाको महत्वलाई आत्मसात गर्र्र्दै सेवाविहीन समुदायलाई सहयोग प्रदान गर्ने उद्देश्यले अक्सिजन प्लान्ट स्थापना गरिएको कोका – कोला फाउण्डेशनले जनाएको छ । कोका – कोला फाउण्डेशनको यो सहयोगले स्वास्थ्य क्षेत्रमा भएको संकटलाई सम्बोधन गरि पूर्वाधारलाई बलियो बनाउन ठूलो मद्दत गर्ने मनमोहन अस्पतालले जनाएको छ ।

कोका –कोला फाउण्डेसनको यो सहयोगले स्वास्थ्य क्षेत्रमा भएको संकटलाई सम्बोधन गरि पूर्वाधारलाई बलियो बनाउन ठूलो मद्दत गर्ने मनमोहन अस्पतालले जनाएको छ । क्रिएसनका संस्थापक अध्यक्ष श्री आनन्द मिश्रले अक्सिजन चाहिने बिरामीहरुलाई यसरी अक्सिजन प्लान्ट प्रदान गर्न पाउँदा आफूहरुलाई खुशी लागेको बताउनु बताउनु भएको छ । यसले अस्पतालमा भएको अक्सिजनको कमीलाई धेरै हदसम्म समाधान गर्ने आशा गर्दछौं । त्रिवि शिक्षण अस्पताल वि.स. १९८३ मा स्थापना भएको थियो ।

यो त्रिभुवन विश्वविद्यालय टियु को चिकित्सा संस्थान को एउटा अभिन्न अंग हो । ७०० शैयाको सुविधा भएको त्रिवि शिक्षण अस्पताल नेपालको लोकप्रीय सरकारी अस्पताल हो । यस अस्पतालले विभिन्न चिकित्सा अनुसन्धान परियोजनाहरु सञ्चालन गर्दै आएको छ भने नेपालमा बायोमडिकल र स्वास्थ्य विज्ञान अनुसन्धान बिएच (एसआर) मा पनि ठूलो टेवा प्रदान गर्दै आएको छ ।

२२ वटा छुट्टाछुट्टै विभागहरु भएको त्रिवि शिक्षण अस्पतालले आधारभूत चिकित्सा सेवा तथा सर्जिकल समस्याहरुदेखि लिएर क्यान्सरवार्डका साथै मुटुको शल्यक्रिया र मृगौला प्रत्यारोपण सम्बन्धी सेवाहरु प्रदान गर्दै आएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा संस्थान (आइओएम ) अन्र्तगत वि सं २०६६ बैशाख १३ गते स्थापना भएको मनमोहन कार्डियो थेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर (एमसिभिटिसि ) मा मुट्ु तथा फोक्सोको विशेषज्ञ उपचार सेवा उपलब्ध छ ।

 

प्रतिक्रिया दिनुहोस्