Logo

बुथ कब्जा भएको दोलखामा पूनः मतदान हुने


मंसिर, ११ – काठमाडौं । बुथ कब्जा भयो भनेर रोकिएको दोलखाको मतदान केन्द्रमा पूनः मतदान हुने भएको छ । निर्वाचन आयोगले एक बिज्ञप्ती जारी गर्दै मंसिर १५ गते निर्वाचन हुने जनाएको छ ।

मंसिर ४ गते भएको निर्वाचनमा दोलखामा बुथ कब्जा भएको भनेर मतगणना रोकिएको थियो । दोलखामा एमालेको तर्फबाट प्रतिनिधिसामा उम्मेदवार रहेका बालकृष्ण सिवाकोटीले बुथ कब्जा भएको भन्दै पूनः मतदानको निवेदन दिएका थिए ।

आयोगको टोलीले उक्त जिल्लामा पुगेर गरेको अध्ययनपश्चात् नै विवादित भनिएका मतदानस्थलमा पूनः मतदान गर्ने तयारी भएको स्रोतको दाबी छ ।

 

 

प्रतिक्रिया दिनुहोस्