Logo

निर्वाचनका बेला गरेका आफ्नो बाचा हुबहुँ पुरा गर्ने रविको प्रतिबद्धता


मंसिर, ८– चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ठूला दल नसच्चिए अर्को पाँच बर्षमा देशभर खतराको घण्टी बज्ने बताएका छन् । उनले सबै नेता सच्चिएर जनतको पक्षमा काम गर्न अन्तिम मौका आएको बताएका छन् । चितवन–२ बाट प्रतिनिधिसभामा निर्वाचित भएपछि भरतपुरको गेष्ट हाउस चौरमा आयोजित धन्यवाद सभामा सम्बोधन गर्दै रविले सो कुरा बताएका हुन् ।

ठूला पार्टीलाई नेपाली जनताले अर्को एउटा मौका दिएको भन्दै मौकाको दुरुपयोग नगर्नु आग्रह गरेका छन् । लामिछानेले जनताले दिएको शक्तिलाई जनताको हितमा काम गर्ने वाचा सबैले गर्नुपर्ने बताएका छन् । उनले जनताले दिएको शक्ति लिएर आफ्ना कार्यकर्ता र आपेपासे आफन्त पोस्ने काम मात्रै नगर्न आग्रह गरेका छन् ।

अब संसदमा कोही पनि भष्ट्राचारी छिर्न नपाउने भन्दै लामिछानेले सबै दल भष्ट्राचार नियन्त्रण र अहिलेसम्म भएका ठूला काण्डको छानबिनका लागि तयार हुनुपर्ने बताएका छन् । अहिलेको निर्वाचन परिणामले कोही पनि आत्तिन र मात्तिन नहुने भन्दै उनले निर्वाचनमार्फत युवाले हस्तक्षेपकारी भूमिका खेलेको धारणा राखेका थिए ।

नेपालको राष्ट्रियता, स्वधीनता र स्वाभिमानको सम्मान गर्न उनले अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेका हुन् । देशको सीमाको रक्षा गर्न निर्मम हुने भन्दैं देशको गुमेको भूभाग प्राप्त गर्न कुनै कसर बाँकी पनि लामिछानेले बताए । मागी खाने नभई गरी खाने देश बनाउन खोजेको दावी गर्दै लामिछानेले यसअघि नेपाली जनताले जित्न नपाएको तर यसपटक जितेको टिप्पणी गरे ।

उनले आफ्नो निर्वाचन क्षेत्रको कार्यालयमा जनताका समस्या सुन्न एउटा खबरदारी र अर्को आइपरेका समस्याको गरी दुई अलग अलग बाकस राख्ने पनि बताए । यस्तै, टोल तथा वडावडाबाट प्रतिनिधि छानेर संसदीय बोर्ड गठन गर्ने भन्दै त्यसका लागि प्रतिनिधि पठाउन सभामा उपस्थितहरुलाई आग्रह गरे । निर्वाचनमा गरेका वाचा आफूले हुबहु कार्यान्वयन गर्ने पनि उनले प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्