Logo

ज्ञानेन्द्र शाही प्रतिनिधिसभा सदस्यमा जुम्लाबाट निर्वाचित


मंसिर, ८– जुम्ला । राप्रपाका उम्मेदवार ज्ञानबहादुर शाहीले जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा बिजय हाशिल गरेका छन् । आफ्नो प्रतिद्वन्दीलाई फराकिलो मतले उछिन्दै शाही निर्वाचित भएका हुन् । राप्रपाका ज्ञानबहादुर शाहीले २२८१९ मत पाएर बिजय भएको मुख्य निर्वाचन अधिकृतका कार्यलयले जानकारी दिएको छ ।

शाहीका प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवरले ११ हजार ९५९ मत ल्याएर पराजय भएको हो । जितपछि ज्ञानेन्द्रले आफूलाई जुम्ली जनताले माया गरेको बताए । उम्मेदवारी दर्तापछि नै उनले जुम्मलामा आक्रामक ढंगले चुनाव प्रचार गरेका थिए ।

हामी नेपाली नेपालीको अभियानमा भ्रष्ट्रचार विरुद्धको अभियान शुरु गरेका ज्ञानेन्द्र शाही पछिल्लो समय राप्रपामा प्रवेश गरेर प्रवक्ताको जिम्मेवारी पाएका थिए ।

जुम्लाबाट यसअघि २०४८ सालमा नेपाल मजदुर किसान पार्टीबाट डिल्लीबहादुर महत, २०५१ सालमा नेमकिपाबाटै भक्तबहादुर रोकाया, २०५६ सालमा नेकपा एमालेका देवीलाल थापा, २०६४ सालमा नेकपा माओवादीका

नरेश भण्डारी, २०७० सालमा नेपाली कांग्रेसका ललितजंग शाही र २०७४ सालमा नेकपा माओवादीका गजेन्द्रबहादुर महत निर्वाचित भएका थिए । यी पुराना अनुहारलाई पछार्दै अहिले शाही निर्वाचित भएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्