Logo

सोलुखुम्बुबाट प्रदेशसभा सदस्यमा दस हजार ३५ मत सहित माओवादीका गोम्बु शेर्पा बिजय


मंसिर, ८– सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र १ मा दस हजार ३५ मत सहित माओवादीका गोम्बु शेर्पा ‘कर्ज्याङ’ निर्वाचित भएका छ्न । नेकपा एमालेका उमेदवार उत्तम कुमार बस्नेतलाई १६३७ मतान्तरले हराउदै शेर्पाले बिजय हाशिल गरेका हुन् ।

शेर्पाले दस हजार ३५ मत ल्याउदा उनका प्रतिद्वन्दी एमालेका उम्मेदवार बस्नेतले आठ हजार ३९८ मत प्राप्त गरेका छन् । माओबादी केन्द्रका नेता गोम्बु शेर्पा ‘कर्ज्याङ’ बाम गठबन्धनका साझा उम्मेदवार हुन् ।

उनले २०७४ सालको निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित भई ५ वर्ष सासद बनेका साथै प्रदेश १ का राज्यमन्त्री बनेका बस्नेतलाई एक हजार ६३७ मतले पराजय गर्दै शेर्पाले जित हाशिल गरेका हुन् । आठ हजार ३९८ मत सहित पछयाउदै बस्नेतले पराजय बेहोर्नु परेको हो ।

धेरै चुनौतीको बीचबाट भए पनि सोलुखुम्बु, लोकतान्त्रिक गठबन्धनका साझा उमेदवार माओवादी केन्द्रका प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. (१) बाट प्रदेश सभा सदस्यमा गोम्बु शेर्पाले जित निकालेका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्