Logo

कैलाली–४ मा लेखराज भट्टलाई पराजित गर्दै कांग्रेसका बलायर विजयी


मंसिर, ७ – धनगढी । कैलाली–४ मा लेखराज भट्टलाई पराजित गर्दै कांग्रेसका बलायर विजयी भएका छन् । कांग्रेस सुदूरपश्चिमका सभापति समेत रहेका बलायर प्रतिद्धन्द्धी नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

काँग्रेसका उम्मेदवार बलायरले २६ हजार १७१ मत प्राप्त गर्दै विजयी हाशिल गरेका हुन् । एमालेका भट्टले २२ हजार ५८७ मतले पछयाउदै पराजित भएका हुन् । उनीहरु बीचको मत अन्तर तीन हजार ५८४ रहेको छ ।

डोटीका बलायर सत्ता गठबन्धनको भागबण्डामा डोटी एकीकृत समाजवादीको भागमा परेपछि कैलाली झरेर चुनाव लडेका थिए । २०७४ सालमा बलायर डोटीमा प्रेमबहादुर आलेसँग पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्