Logo

सोलुखुम्बुको प्रदेश सभा निर्वाचन क्षेत्र–१ मा नेकपा एमालेका वुद्धि कुमार राजभण्डारी बिजय


मंसिर, ७–सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र–१ मा नेकपा एमालेका वुद्धिकुमार राजभण्डारी बिजय भएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार शिव बहादुर बस्नेतलाई हराउँदै भण्डारीले जित हाशिल गरेका हुन् ।

बुद्धि कुमार राजभण्डारीले १० हजार १२८ मत ल्याउदा उनका प्रतिद्वन्दी बस्नेतले ६ हजार ८ सय १५ मत ल्याएका हुन् । यी दुई बीच ३ हजार ३ सय १३ मतान्तर रहेको छ । २०७४ सालको निर्वाचनमा पनि राजभण्डारी निर्वाचित भएका थिए ।

उनले नेकपा एमाले प्रदेश १ संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी निर्बाह गरेका थिए । प्रमुख सचेतक बनेका राजभण्डारीलाई गठबन्धनका साझा उम्मेदवारसँग जित्न चुनौती थियो । सोलुखुम्बुमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा क को मतगणना अझै जारी रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्