Logo

सप्तरीबाट सीके राउटको भारी मतान्तरले बिजय, हरेक किसानको मुद्दालाइ सम्बोधन गर्ने प्रतिबद्धता


मसिंर, ७ – काठमाडौं । सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा भारी मतान्तरले जनमत पार्टीका अध्यक्ष डा. सीके राउत बिजय भएका छन् । निर्वाचित भइ सकेपछि उनले किसानको मुद्दालाई प्राथमिकताका साथ उठाउने बताएका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई भारी मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै किसानको समस्या हल गर्ने र शिक्षा स्वास्थ्यमा सुधार गर्ने विषय आफ्नो प्राथमिकतामा रहेको उनले बताएका छन् ।

राउतले सप्तरी जिल्लालाई एक वर्षभित्र पूर्ण साक्षर बनाउने, सबै जनतालाई स्वास्थ्यको पहुँचमा ल्याउने दाबी समेत गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्