काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टकी सोविता गौतम बिजय

मंसिर,७ – काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम बिजय भएकी छन् । १५ हजार २२९ मतका साथ गौतमले बिजय हाशिल गरेकी हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मणिराम फुयालले ११ हजार ५५५ मत पाएका छन् भने राप्रपाकी कुन्तीकुमारी पोखरेलले ११ हजार १४ मत पाइन ।
सत्ता गठबन्धनकी साझा उम्मेदवार माओवादी केन्द्रकी ओनसरी घर्ती मगरले ९ हजार ४४९ मत पाएकी छन् ।