सोलुखुम्बुमा मतगणना जारी,अहिले सम्मको मतपरिणाम अनुसार एमाले अगाडी

मङ्सिर, ४ – सोलुखुम्बु । प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन सकिएको तीन दिन पछि सोलुखुम्बुमा मतगणना सुरु भएको छ । सोमबार बेलुकासम्ममा संकलन गरिएको मतपेटिका मंगलबार साझ ५ बजेबाट गणना सुरु भएको हो । जिल्लामा आठ स्थानमा गणनाको कार्य भई रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पाँच बजे सम्मको मत परिणाम अनुसार जिनो मतले नेकपा एमाले अगाडी देखिएको छ । दोस्रोमा बाम गठबन्धन रहेको छ । जिल्ला समन्वय समितीको समिक्षा हलमा प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको एकै साथ ४ स्थानमा र जिल्ला समन्वय समितिको हलमा २ वटै प्रदेशसभाको प्रत्यक्ष
तथा प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक तर्फको गणना भइ रहेको सहायक निर्वाचन अधिकृत नगेन्द्र कुमार कालाखेतीले जानकारी दिनु भएको छ । ढिलोमा आगामी बिहीवार सम्ममा मत परिणाम आउने आकलन गरिएको छ ।