Logo

सुर्खेतको सिम्तामा फेरि मतदान गर्दै मतदाताहरु


मंसिर ६– सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका–६ मा आइतबार स्थगित भएको केन्द्रमा फेरि मतदान सुरू भएको छ । केही विबाद भएपछि स्थागित भएको मतदान आज मंगलबारबाट सुरु भएको हो ।

सिम्ता गाउँपालिका–६ को प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको मतदान सिम्ता बहुमुखी क्याम्पसमा सुरू भएको निर्वाचन कार्यालयले जनाएको छ ।

मतदान अधिकृतको गल्तीका कारण प्रतिनिधि सभाको १०० मतपत्र प्रदेश सभाको बाकसमा खसेपछि उक्त केन्द्रमा विवाद सिर्जना हुँदा मतदान स्थगित गरिएको थियो । यहाँ २ हजार ९ सय मतदाता रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्