Logo

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा मतदातालाई पैसा भाँडेको अभियोगमा १ लाख १४ हजार नगद सहित एमाले कार्यकता पक्राउ


मंसिर ३ –काठमाडौं । सिन्धुपाल्चोकको क्षेत्र नम्बर २ मा मौन अवधिमा पैसा बाँड्दै हिँडेको अवस्थामा एमाले उम्मेदवारका छोरा पक्राउ परेका छन् । शनिबार साँझ इन्द्रावती गाउँपालिका वडा नम्बर ७ मा पैसा र चेकसहित एमालेका प्रदेशसभा उम्मेदवार अमानसिंह तामाङका छोरा छत्र तामाङको टोलीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट चेकबुक र नगद १ लाख १४ हजार रूपैयाँ बरामद गरेर स्थानीयले प्रहरीलाई बुझाएका छन् । गाडीबाट निकालेर कुटपीट गर्दै उनको साथबाट नगद र चेकबुक खोसिएको भिडियोमा देखिएको छ । प्रहरीको गस्ती टोली देखेपछि उनीहरूले बाँकी पैसा भीरमा फालेको स्थानीय दीपक न्यौपानेले बताएका छन् ।

पैसा बोकेको टोलीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मतदान केन्द्रको अनुगमनमा गएको नवलपुर प्रहरीले पैसा बाँडेको आरोप लागेको टोलीलाई

अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा लगेको बुढाथोकीले जानकारी दिए । छत्रको साथबाट १ लाख १४ हजार बरामद गरिएको प्रहरी उपरिक्षक एसपी रामेश्वर यादवले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्