मतदाता परिचयपत्र नभए पनि मतदान गर्न पाउने सुविधा
मंसिर ३ –काठमाडौं । आइतबार देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि मतदान सुरु हुँदैछ । मतदाताले मतदाता परिचयपत्र नभए पनि मतदान गर्न पाउने भएका छन् ।
मतदाता नामावलीमा नाम भएका मतदाताले नागरिकता वा परिचय खुल्ने अन्य प्रमाणका आधारमा मतदान गर्ने सुविधा निर्वाचन आयोगले दिएको छ ।
विहान ७ देखि अपरान्ह ५ बजेसम्म मतदान गर्न पाइने भएको छ । मतदाताले आफ्नो अनुकुलता अनुसार भोट दिन पाउने भएको निर्वाचन आयोगले जनाएको छ ।