Logo

निर्वाचनको पूर्व सन्ध्यामा एक मतदान अधिकृत र एक कर्मचारीको मृत्यू


मंसिर ३ –काठमाण्डौंं । निर्वाचनका लागि खटिएका कर्मचारीहरुको निधन भएपछि निर्वाचन आयोगले एक बिज्ञप्ति शोक जारी गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका, वडा नं. ४ फुर्के सामुदायिक वन उपभोक्ता समूह मतदान केन्द्रमा मतदान अधिकृतका रूपमा खटिएका सर्लाही हरिपुरूवा–६ का बिल्टु रायको आज बिहान सुतिरहेको अवस्था निधन भएको छ ।

त्यस्तै धनकुटा जिल्ला साँघुरीगढी–३ स्थित सिद्धेश्वरी आवासीय विद्यालय मतदान केन्द्रमा सहायक कर्मचारीका रूपमा खटिएकी धनकुटा साँघुरीगढी–४ की पवित्रा लिम्बूको मंसिर २ गते बिरामी परी उपचारका क्रममा निधन भएको निर्वाचन आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ ।

निर्वाचन आयोगले दिवंगत कर्मचारीहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । निर्वाचनमा खटिएका सबै कर्मचारी र सुरक्षाकर्मीको स्वास्थ्य सुरक्षा र व्यक्तिगत सुरक्षा प्रबन्धका लागि कुनै कसर बाँकी नराख्न आयोग नेपाल सरकार गृह मन्त्रालयमार्फत सम्बद्ध सबै निकायलाई अग्रह समेत विज्ञप्ति मार्फत गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्