निर्वाचन पछि जोरपाटी साँखुदेखि नाङलेबारी सम्मको सडक बनाएर चमत्कारीक परिवर्तन ल्याउने ध्रुब के सी.को घोषणा

कात्तिक,२५–काठमाण्डौं । नेपाली काँग्रेसका प्रदेश ममिटी सभापति तथा निर्वाचन क्षेत्र नं २ बाम गठबन्धनका साझा प्रदेश सभा (क) उम्मेदवार ध्रुब केसीले जनताले बिश्वास गरेर जिताएको खण्डमा निर्वाचन पनि आफ्नो क्षेत्रमा विकासका लहर छाएर आमुल परिवर्तन ल्याउने बताएका छन् ।
उनले जोरपाटी साँखुदेखि नाङलेबारी सम्मको सडक बनाएर चमत्कारीक परिवर्तन ल्याउने दावी गरेका छन् । टिभी पञ्चली एट के टेलिभिजनको कार्यक्रम चुनावी बहसमा पत्रकार राज कुमार राईसँग कुराकानी गर्ने क्रममा उहाँले सो कुरा बताउनु भएको हो । साथै उनले निर्वाचन क्षेत्र नं २ मा आफ्नो कुनै प्रतिस्प्रधी नै भएको जस्ता नलागेको पनि बताउनु भएको छ ।
अहिले जनताको घर दैलो गर्ने क्रममा आफू प्रति धेरै भन्दा धेरै जनताको आर्कषण र उत्तिकै क्रेज बढेको पनि पाइएको बताउनु भएको छ । जनताको घरघरमा खानेपानीको व्यावस्था गर्ने र शिक्षा स्वास्थ्यको क्षेत्रमा सुधार गर्दै स्थानीय युवाहरुलाई रोजगारी मुलक व्यावसाय दिलाउने पनि बताउनु भएको छ ।
संविधानको रक्षा र जनपक्षीय सरकार निर्माणको लागि गठबन्धन आवश्यक रहेको पनि उहाले बताउनु भएको छ । साथै ठबन्धनको पक्षबाट निर्वाचन क्षेत्र नं २ काठमाण्डौले सक्षम र योग्य पूर्व सभामुख जस्ता महिला उम्मेदवार पाइएको पनि बताउनु भएको छ ।