प्रदेशको खारेजी गरी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाउने राप्रपाको घोषणा
१४, कात्तिक – काठमाडौं । राप्रपा नेपालले आज राजधानी काठमाण्डौंको थापा गाउँस्थित बानेश्वर वैङक्वेटमा आफ्नो चुनावी घोषणापत्र सार्बजनिक गरेको छ । राप्रपाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको एजेण्डा अगाडि सारेको छ । आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि राप्रपाले सोमबार सार्वजनिक गरेको घोषणापत्रमा अभिभावकीय संस्थाका रुपमा राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने उल्लेख गरको छ ।
राप्रपाको एजेण्डामा पूर्ण समानुपातिक संसद हुनुपर्नेे प्रस्ताव समेटिएको छ । प्रदेशलाई खारेज गरेर केन्द्र र स्थानीय तह गरि दुई तहको शासकीय स्वरुप सरकार बनानु पर्ने राप्रपाले आफ्नो एजेण्डामा उल्लेख गरेको छ ।
२०४६ पछिका उच्चपदस्थ नेता र कर्मचारीको सम्पत्ति छानबिन् एक व्यक्तिले दुई कार्यकालभन्दा धेरै पार्टी अध्यक्ष, प्रधानमन्त्री जस्ता कार्यकारी पदमा बस्न नपाउने, उच्चस्तरीय नागरिक अयोग गठन गरी २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानविन गरी अवैध सम्पत्ति जफत गर्ने कानुनी व्यवस्था गर्ने पनि राप्रपाको घोषणापत्रमा समेटेको छ । घोषणापत्रमा राप्रपाले नेपाल बन्द जस्तो कार्यक्रम कहिल्यै नगर्ने प्रतिवद्धता समेत जनाएको छ ।