Logo

किराँत प्रदेश नमान्ने उम्मेदवारलाई दण्ड स्वरुप हराएर लखेटन किरात प्रदेश संघर्ष समितीको माग


८,कात्तिक – काठमाण्डौं । किराँत प्रदेश संघर्ष समितीले मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा नेकपा (एमाले) र नेपाली काँग्रेसका सबै उम्मेदवारलाई हराउन माग सहित नो भोट अभियान थालेका छन् । कोशी प्रदेश प्रस्ताव गर्ने मुख्य किरात प्रदेश बिरोधी नेकपा ऐमाले र सप्तकोशी प्रदेश प्रस्ताव गर्ने नेपाली काङग्रेसका उम्मेवादहरुलाई नो भोट अभियान मार्फत हराउन संघर्ष समितीले आवहान गरेको छ ।

समितिले मुख्य निशानामा तस्बिर अंकित नेकपा एमालेका उम्मेदवारहरु योगेश भट्टराई, पूर्व मुख्य मन्त्री शेरधन राई र एमालेका नेता बिशाल भट्टराईलाई राखेका छन् । किराँत प्रदेश बिरोधी पार्टीहरु र किराँत प्रदेश विरोधी उम्मेदवारहरुलाई किरात प्रदेश भरी नै नो भोट अभियान सुरु गरौ, किराँतभुमीको अस्तित्वको लडाई,किराँत आन्दोलन र विद्रोह लाई शसक्त ढंगले अघि बढाऔ संघर्ष समितीले भनेको छ ।

साथै हजारौ वर्ष अघि किराँती पुर्खाहरुले रगत र पसिना बगाएर सिर्जना गरेकोे किरातभुमीको अस्तित्वको लागी अब सारा किरातीहरु हाँसी हाँसी मर्न तयार रहेको पनि संघर्ष समितीले बताएको छ । जस्तोसुकै अवस्थामा पनि किराँत भुमीको लागी किराँतीहरुले बलिदान दिन तैयार हुनुपर्ने संघर्ष समितीले जनाएको छ । किराँत प्रदेश संघर्ष समितीले किराँत प्रदेश बिरोधीलाई नो भोट अभियान चलाएर देश तथा विदेशमा रहनुहुने सम्पुर्ण किराँतीहरु गोलबद्ध भई सफल पार्न अनुरोध गरेको छ ।

मंसिर ४ गतेको चुनावमा किराँत प्रदेश विरोधी पार्टी र उम्मेदवारहरुलाई नो भोट अभियानबाट,कोशी प्रदेश र सप्तकोशी प्रदेश प्रस्ताब गर्ने किराँत प्रदेश बिरोधीलाई पराजय गर्न संघर्ष समितीले अपिल गरेको छ । साथै किराँत सभ्यताको अपमान एबम् पहिचान बिरोधीहरुलाई प्रदेश नं १ का किराँतीहरुले दण्डित सजाय गर्न प्रदेश नं १ का जनतासँग अनुरोध गरेका छन् ।

प्रदेश नं १ किराँत प्रदेशको भोजपुर,खोटाङ,ओखलढुङ्गा,सोलुखम्बु,संखुवासभा,धनकुटा,उदयपुर,सुनसरी,मोरङ,झापा,ईलाम,ताप्लेजुङ,पाँचथर,तेह्रथुम लगायतका सबै जिल्ला भरी नै किराँत प्रदेश बिरोधी कोशी र सप्तकोशी प्रदेश प्रस्ताब गर्ने किरात प्रदेश विरोधी ऐमाले र काङ्ग्रेशलाई नो भोट अभियान चलाई पराजित गर्न अपिल गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्