Logo

अविरल घर्ती मगरको तिम्रो छाया बोलको पहिलो सांगीतिक कोशेली बजारमा आउदै


 

राज कुमार राई,
कात्तिक ४ – काठमाण्डौं । अविरल घर्ती मगरको निर्माण रहेको नयाँ लोकदोहोरी गीत बजारमा आउने भएको छ । एक चिर्चित र लोकप्रीय कलाकार तथा मोडल समेत रहेका घर्ती मगरले पहिलो कोशेली स्वारुप ‘तिम्रो छाया’ बोलको सांगीतिक कोशेली बजारमा ल्याउने तयारी गरेका छन । यस गीतको म्यूजिक भिडियो नुवाकोट जिल्लाको बेलकोट गढी नगरपालिका रातमाटे स्थित रमणीय प्राकृतिक सुन्दरताको छहारी भित्रको पृष्ठभूमिमा छाँयाङ्कन भएको हो ।

साथै यस भिडियोमा अमेजिन नेपाली कटेज रिसर्ट र त्रिसुली रिभर साईडको रोचक परिदृश्य समेत समेटिएको छ । दिल दैलेखीको निदेर्शन र तिलक शाही ठकुरीको कोरियोग्राफी रहेको भिडियोमा मुख्य कलाकारको भूमिकामा अविरल घर्तीमगर, आर्य सुवास, रोजिना पुलामी मगर, अश्मिता चन्द ठकुरीको रोचक अभिनय रहेका छन् । यस गीतको म्यूजिक भिडियोलाई एक कुसल सिनेमा मेट्रोग्राफर देवेन्द्र कार्कीले छायाँङ्कन गरेका हुन् ।

अविरल घर्ती मगरको आफ्नै शब्द रचाना रहेको गीतलाई गायक दिल दैलेखी र गायिका रोजिना परियारले स्वर लहरी भरेका हुन् । यस गितमा जीवनका यथार्थ भोगाई दुई युगल जोडी बीचको आपसी माया प्रेम प्रस्तुत गरिएको छ । यस गीतमा जय देवकोटाको संगीत र केशव बडुको एरेन्ज रहेको छ । यस भिडियोलाई आकर्षक बनाउनका लागि रोजिना श्रेष्ठले शृङगार गरेकी हुन् । यो गीतको म्यूजिक भिडियो दिल दैलैखीको आधिकारिक युटयूब च्यानलबाट चाडै आउने निर्माताले बताइएको छ ।

 

तस्बिर ः सन्तोष

 

प्रतिक्रिया दिनुहोस्