Logo

देशभर मौसममा सुधार, बाढीबर्षा सम्भावना टर्यो


राज कुमार राई
असोज, २८ – काठमाण्डौं । लगातारको निरन्तर बाढीबर्षा पछि अब देशभर मौसममा सुधार आएको छ । हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ ।

अब बाढी बर्षाको सम्भावना पनि टरेको मौसम विभागले जनाएको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती प्रदेश १ का एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । बाँकी भू–भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ । एक हप्ता लगातार बिग्रिएको खराब मौसमका कारण सुदुर पश्चिम र मध्यपश्चिममा बाढी पहिरोले ठूलो संख्यामा धनजनमाथी क्षती पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्