Logo

विश्वकै कान्छा आरोही कृतीमान कायम गर्दै १६ वर्षीय निमा रिन्जी शेर्पा मनास्लुको टाुकुरीमा उभिए


असोज, १५ – काठमाण्डौं । संखुवासभाका १६ वर्षीय निमा रिन्जी शेर्पाले शुक्रबार बिहान ८,१६३ मिटर अग्लो मनास्लु हिमालको सफल आरोहण गरेका छन् । क्लिर माउण्टेन अर्थात ज्यानमारा हिमाल भनेर चिनिने सगरमाथा पछिको दोस्रो हिमाल मनास्लुको टाँकुरीमा आफ्नो पाईला बिसाएर १६ बर्षीय शेर्पाले बिश्वमा नै एक कृतिमान कायम गरेका हुन् ।

उनी अहिले सम्मकै यति कम उमेरमा मनास्लु चढ्ने विश्वकै कान्छा आरोही बनेका छन् । मनास्लु विश्वको आठौं अग्लो हिमाल हो । जो कोहीले यो हिमाल चढ्ने आँट नै गर्दैनन । मनास्लु हिमाल ओरोहणको क्रममा धेरैले अकालमा ज्यान गुमाई सकेका छन् ।

हरेक बर्ष यो हिमालमा हिम पहिरो जस्ता प्राकृतिक घटना घटने गर्छ । एक हप्ता अगाडी मात्र यो हिमाल क्षेत्रमा दुई जनाले ज्यान गुमाएका छन् । धेरै जना घाइते र बेपत्ता समेत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्