Logo

अब पत्रकारले न्यूनतम मासिक पारिश्रिमक ४० हजार पाउनु पर्ने


असोज १० — काठमाडौँ । समाजवादी प्रेस संगठनको उपत्यका र बागमती प्रदेशको संयुक्त भेलाले श्रमजीवी पत्रकार ऐनले व्यवस्था गरेका सेवासुविधा पाउनु पर्ने माग गरेका छन् । आईतबार उपत्यका र बागमती प्रदेशको संयुक्त भेलाले सो निर्णय गरेको हो । उपत्यका प्रदेश इन्चार्ज शन्तराम बिडारीले सञ्चार प्रतिष्ठानहरूलाई तत्काल नियमित पारिश्रमिक, बक्यौता रकम र दशैँ भत्तालगायत अन्य सेवा सुविधा उपलब्ध गराउनु पर्ने बताउनु भयो ।

साथै उहाँले न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई महँगीलाई दृष्टिगत गर्दै पत्रकारको न्यूनतम मासिक पारिश्रमिक रु ४० हजार सिफारिस गर्न माग समेत गरेको छ । साना लगानीमा सञ्चालित स्वरोजगारमूलक मिडियाको संरक्षणका लागि सबै सरोकारवालासँग छलफल गरी विशेष कार्ययोजना ल्याउन केन्द्रीय सरकार र प्रदेश सरकारलाई सुझाव दिएको छ ।

साना लगानीका सञ्चारमाध्यमलाई सहुलियत स्वरुप कागज, ल्यापटप, विद्युतीय उपकरण, क्यामरालगायत सामग्री खरिद गर्न ५० प्रतिशत अनुदानको माग गर्दै भेलाले हाल पत्रपत्रिकालाई उपलब्ध गराइएको लोककल्याणकारी विज्ञापनवापतको रकम तत्काल शतप्रतिशत वृद्धि गर्न र

अनलाइन मिडियालाई समेत लोककल्याणकारी विज्ञापन प्रदान गर्न माग गरेको छ । भेलाले पारित गरेको १३ बुँदे विशेष प्रस्तावमा मिडिया काउन्सिल विधेयक जारी हुन नसकेकामा चिन्ता प्रकट गर्दै सरोकारवालाको सहमति समेतमा लामो छलफलपछि प्राप्त सुझावलाई समावेश गरेर विधेयक अगाडि बढाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्