Logo

संविधानको विरोध जनाउदै जलाउन खोज्ने माइतीघरबाट पक्राउ


३, असोज – काठमाण्डौं । संविधानको विरोधमा प्रदर्शन गर्नेहरुलाई प्रहरीले काठमाडौंको माइतीघरबाट पक्राउ गरेको छ । संविधान राष्ट्रघाती र भ्रष्टचारी अत्याचारीको लागि मात्र निर्माण भएको भन्दै उनीहरुले विरोध जनाएका छन् ।

संविधानको विरोध गरेको अभियोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चामा आवद्ध ५ जना रहेका छन् ।  उनीहरुले संविधानको चर्को विरोधसँगै जलाउन खोजेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्