Logo

संसद बैठकमा ओली र प्रचण्डको जुहारी, ओलीले जनतालाई पंगु र भेडा बनाएको प्रचण्डको आरोप


१, असोज – काठमाण्डौं । प्रतिनिधिसभाको अन्तिम बैठकमा शनिबार नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा आमोवादी केन्द्रका अध्यक्ष प्रचण्ड बीच एक आपसमा घोचपेचको जुहारी चलेको छ । उनीहरु एक अर्काप्रति तीतो पोखेर छुट्टिएका छन् । दुई नेताले सार्वजनिक मञ्चहरुमा झैं शनिबार प्रतिनिधिसभा बैठकमा आरोप प्रत्यारोप गरे । एमाले अध्यक्ष ओलीले संसद विघटनको बचाउ गरे ।

उनले आफूले घोषणा गरेको चुनाव भएको भए नयाँ संसद आइसक्ने दावी गरे । प्रधानमन्त्री छान्ने र हटाउने अधिकार अन्यत्रै प्रयोग गर्नुपर्छ भन्ने संविधानमा नभएको उलने टिप्पणी गरे । सत्तारुढ गठबन्धनले नीति, विधि मिचेर परमादेशबाट सरकार ल्याएको ओलीले आरोप लगाए । अहिले हुन लागेको निर्वाचनको भने उनले स्वागत गरे । यसलाई प्रतिगमन भन्न नमिल्ने उनले तर्क गरे । तर परमादेशबाट नक्कली सरकार गठन गर्नु चाहिँ प्रतिमगन भएको उनले बताए । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ओलीको सबै भनाईको खण्डन र विरोध गरे । ओलीले लोकतन्त्र र प्रतिगमनको अपव्याख्या गरेको प्रचण्डले आरोप लगाए ।

ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गर्नु प्रतिगमन भएको भन्दै उनले भने, ‘उहाँले कताकता तुलना गरिदिनुभयो अहिले निर्वाचन गरेको पनि प्रतिगमन हो त ? उनले अगाडि भने, ‘तुलना गर्नुको पनि एउटा हद हुन्छ नि ! यहाँ बसेका हामी सबै केही नै नबुझ्ने छन् भन्ने ठान्नुभएको हो कि प्रतिपक्ष दलको नेताले ? नेपाली जनताले केही जान्दैनन्, भेडा नै छन् भन्ने ठान्नुभएको हो कि ?

आफूले निर्वाचन घोषणा गर्नुलाई होइन, संविधानले नदिएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गर्नु र मुलुकलाई अँध्यारो सुरुङतिर लैजाने खोज्नुलाई प्रतिगमन भनेको प्रचण्डले बताए । माओवादी अध्यक्ष प्रचण्डले भने महाअभियोग सिफारिस समितिमा भएको सुनुवाइले तत्कालीन सरकार र त्यसको नेतृत्वले अदालतलाई गलत ढंगले प्रभावमा पार्ने काम गरेको रहेछ भन्ने पुष्टि भएको बताए । उनले अघि भने, ‘अनि उहाँलाई परमादेश भनेर नकारात्मक टिप्पणी गर्ने अधिकार कहाँबाट प्राप्त भयो ? सरकारको बारेमा केही भन्नुपर्दैन, मंसिर ४ गते जनताले जवाफ दिने ओलीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्