ओलीलाई प्रचण्डको प्रश्न नै प्रश्न
१, असोज – काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीप्रति प्रश्न नै प्रश्न तेस्र्याएका छन् । ओलीले आफ्नो प्रधानमन्त्री कालमा संविधानको मर्म र भावना विपरीत कहीकतै पनि हुँदै नभएको अधिकार प्रयोग गरेर संसदको हत्या गरेको प्रचण्डले आरोप लगाए । प्रमुख प्रतिपक्षी दलका नेताले प्रतिगमनको व्याख्या गर्नुभयो, लोकतन्त्रको व्याख्या गर्नुभयो, मलाई आश्चर्य लाग्यो जसले जे भने पनि हुने रहेछ अध्यक्ष प्रचण्डले भन्नु भयो ।
संविधानसभाबाट संविधान घोषणा भएपछि देशमा राजनीतिक स्थायित्व हुनेछ र देश समृद्धितर्फ जानेछ भन्ने अपेक्षा गरिएको थियो । तर, दुर्भाग्यवश त्यसो हुन सकेन, प्रचण्डले भन्नु भयो । पाँच वर्षसम्म संसद् अविच्छिन्न सञ्चालन हुनेछ र संविधानले निर्देशित गरे अनुसार नै हामी स्थायित्व र समृद्धिको यात्रा जानेछौँ भन्ने सबैको अपेक्षा थियो । तर, तीन वर्ष पुग्दा नपुग्दै संविधानको भावना र मर्मअनुसार सरकार चल्न नसकेको प्रचण्डको भनाई थियो ।
सदनभित्रबाट अर्को सरकार बन्ने सम्भावना भएसम्म त्यसलाई विघटन गर्न पाइँदैन भनेर हामी सबैले सचेत रूपमा व्यवस्था गरेको होइन ?,’ उनले प्रश्न गरे, ‘सरकार बनाउने अर्को सम्भावना हुँदाहुँदै संविधानको भावनाविपरीत सत्तारुढ दलको बैठक बस्दाबस्दै त्यसबारे चर्चा पनि नगरी हठात् प्रतिनिधिसभा विघटन गर्ने काम प्रतिगमन नभएर के हो ? उहाँले अहिलेको निर्वाचन पनि प्रतिगमन हो त ? भनेर प्रश्न गर्नुभयो । यो तुलना गर्नेको पनि हद हुन्छ ।
हामी यहाँ बस्ने केही नबुझ्ने भन्ने ठान्नुभएको हो कि नेपाली जनता भेडै छन् भन्ने ठान्नुभएको हो ? अहिले संविधानद्वारा निर्देशित भावअनुसार हामीले स्थानीय तहको निर्वाचन सम्पन्न गरेर संघ र प्रदेशको निर्वाचन गर्दैछौँ प्रचण्डले प्रश्न नै प्रश्न तेस्र्याए । प्रचण्डले निर्वाचन घोषणा गर्ने कुरालाई आफूले प्रतिगमन नभनेको तर संविधान मिचेर हुँदै नभएको अधिकार प्रयोग गर्ने कुरालाई प्रतिगमन भनेको स्पष्ट पारे ।
‘त्यतिबेला हामीसँग बहुमत थियो अत्यधिक थियो । पार्टीभित्र छलफल चलिरहेको थियो । तर एकाएक केले उत्प्रेरित ग¥यो संसद् विघटन गर्न ? प्रतिपक्ष दलको नेताले दिएको लजिक भनेको मलाई पार्टीभित्र काम गर्न दिइएन त्यसैले संसद् विघटन गरे भन्ने छ । तर पार्टीभित्र विवाद हुन्छ । पार्टीभित्र विवाद हल गर्ने आफ्नै मान्यता छ । पार्टीभित्रको विवादले यो सार्वभौम संस्थालाई प्रहार गर्ने अधिकार कसले दियो ? अनि भयो सरकारलाई परमादेश भन्ने अधिकार कहाँबाट प्राप्त भयो ? प्रचण्डले अधिकांश समय ओलीप्रति खच्र्याए ।