Logo

धान र चामलमा कर लगाउने भारतको निर्णय प्रति उद्योगीहरु आक्रोसित


२४,भदौ – काठमाण्डौं । भारतले एक्कासी नेपालमा आयात हुने धान चामलमा कर बृद्धि र कनिका पूर्ण रुपमा बन्द गराउने निर्णय गरेपछि उद्योगीहरु आक्रोसित बनेका छन् । वीरगन्जमा शुक्रबार पत्रकार सम्मेलन गर्दै त्यो निर्णय तत्काल फिर्ता लिन उद्योग वाणिज्य संघका पदाधिकारी र उद्योगीहरुले अनुरोध गरेका छन् । उनीहरुले भारत सरकारको निर्णय फिर्ता गराउन नेपाल सरकारसंग माग समेत गरेका छन् ।

भारतले धान र चामल निर्यातमा २० प्रतिशत कर लगाउने निर्णय गरेपछि नीजि क्षेत्रले विरोध जनाएको छ । नेपालका उद्योगी व्यवसायीले उक्त निर्णय फिर्ता गराउनका लागि पहल गर्न नेपाल सरकारसँग माग गरेका छन् । भारतीय खाद्य मन्त्रालयको सिफारिसमा वित्तीय मन्त्रालयअन्तर्गतको राजश्व विभागले शुक्रबारदेखि लागू हुनेगरी धान र चामल निर्यातमा २० प्रतिशत कर लगाउने निर्णय गरेको हो ।

भारतले कनिकाको निर्यातमा भने प्रतिबन्ध नै लगाएको छ । भारतले चामल र धानको निर्यातमा एकै पटक २० प्रतिशत कर लगाएपछि यसले नेपालमा खाद्यान्नको महङगी बढ्ने र चामल उत्पादन गर्ने उद्योगहरु बन्द हुने अवस्थामा पुग्ने भन्दै नीजि क्षेत्रले विरोध जनाएको हुन् । शुक्रबार वीरगन्ज उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन नै गरेर भारत सरकारको यो निर्णय फिर्ता गराउनका लागि पहल गर्न नेपाल सरकारसँग अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्