गायन क्षेत्रमा लामो समय विताएका गायक शम्भु राई राजनीतिक यात्रा सुरु गर्दै

२४,भदौ – काठमाण्डौं । गीत संगीतको मध्यमबाट गायन क्षेत्रमा अब्बल आफ्नो छवी बनाएका गायक शम्भु राईले पनि राजनीतिक यात्रा सुरु गर्ने भएको छ । माओबादी केन्द्रले धनकुटा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा गायक शम्भु राईलाई सिफारिस गरेको छ । समानुपातिकतर्फ पार्टीको विदान अनुसार उहाँ सिफारिस भएका हुन् ।
धनकुटाको पाख्रिवास नगरपालिका वडा नम्बर १० चुम्माङ्ग जन्मथलो भएका गायक राईलाई माओवादी केन्द्रले कम्यूनिष्ट विचारधाराका आधारमा सर्व सहमतिबाट समानुपातिकतर्फ सिफारिस गरेको हो ।
माओवादी केन्द्रले प्रतिनिधि सभा प्रत्यक्षतर्फ युवा नेता हेमराज भण्डारीलाई चयन गरेको छ । भण्डारी २०७४ सालको धनकुटा एकबाट संविधान सभा सदस्यसमेत भई सकेका छन् । कलाकार, पत्रकार, समाज सेवक र अभियन्ताहरु समेत यो पटकको चुनावमा होमिने भएकोले यो पटकको चुनाव निकै रोचक बन्ने भएको छ ।