Logo

नेपाली काँग्रेसका युवा नेता शिरोमणि ओझाको कञ्चनपुर क्षेत्र नम्बर २ बाट उमेदवारी सिफारिस


१९ भदौ – काठमाडौं । नेपाली काँग्रेसका युवा नेता तथा विश्व हिन्दु युवासंघका प्रबक्ता शिरोमणि ओझालाई आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि कञ्चनपुर क्षेत्र नम्बर २ बाट उमेदवार छनोटका लागि सिफारिस गरिएको छ । नेपाली कांग्रेशले समानुपातिकतर्फ उमेदवारको लागि सिफारिस गरेको ओझाले जानकारी दिनुभयो । निर्वाचनमा देश होमिएसँगै जनताले विश्वास गरेर जिताएमा जनचाहाना अनुसार काम गर्ने पनि ओझाले कलाखबरलाई बताए ।

साथै देशमा व्याप्त भ्रष्टचार, महंगी र सामाजिक घटनाको विषयमा पनि जोडबलले काम प्रतिवद्धता जाहेर गर्न चाहेको बताउनु भयो । यसैबीच ओझाले प्रतिबद्धता पत्र जारी गर्दै पार्टीले अवसर दिएमा कुशलतापुर्वक आफ्नो भुमिका निर्वाह गर्ने बताउनुभयो ।

नेपाल बिद्यार्थी संघको राजनीति बाट अगाडि बडेका ओझा किसानहरुको पक्षमा समेत ओकालत गर्दै आएका छन। युवा हरुमाझ लोकप्रिय नेता ओझा राष्ट्रियता,सिमा सुरक्षाको सन्दर्भमा देसब्यापी सिमा अनुगमन तथा खबरदारी अभियानको नेतृत्व समेत गरिसकेका छन । यो पटक पार्टीले टिकट दिएर न्याय गरेकोमा उहाले धन्यबाद समेत व्याक्त गर्नु भयो ।

 

प्रतिक्रिया दिनुहोस्