Logo

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् सांसद राजेन्द्र लिङ्देनद्वारा सांसद पदबाट राजिनामाको घोषणा


१९ भदौ – काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् सांसद राजेन्द्रप्रसाद लिङ्देनले सांसद पदबाट राजिनामा दिने घोषणा गर्नुभएको छ । ईमान्दारी नेताको रुपमा चिनिदै आएका लिङ्देनले अब देश निर्वाचनमा होमिसकेकाले तवब भत्ताको नाममा संसदमा बस्नुको औचित्य नभएको भन्दै पदबाट राजिनामा दिने निर्णय गर्नु भएको बताउनु भयो ।

आइतवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद लिङ्देनले सो कुरा बताउनु भएको हो । उहाँले आफूले पाउने तलब, भत्ता तथा सुविधाको समेत रोक्का गर्न संसद् सचिवालयलाई आग्रह गर्नु भएको छ । उहाँले संसद्को आयु मङ्सिर ४ गतेको चुनावपछि पनि कायम राख्ने गरी प्रक्रिया अघि बढेको प्रति असन्तुष्टी जनाउनु भएको छ ।

अब उफ्रान्त व्यक्तिगत रुपमा संसदमा नआउने पनि उहाले बताउनु भयो । भत्ता पकाउनका लागि मात्रै संसद् आउन नहुने उहाले धारणा राख्नु भयो । संसद्को आयु मङ्सिर ४ गतेपछि पनि कायम राख्ने भन्ने ढङ्गको निर्णय गर्ने प्रक्रिया सुरु भएको हुँदा त्यसले मलाई असाध्यै लज्जित र दुखित तुल्यायो लिङ्देनले भन्नु भयो ।

सांसद् लिङ्देनले आउँदो चुनावपछि एक्लो सांसदको रूपमा मात्र नभए बलियो पार्टीको रूपमा संसदमा उपस्थित हुने र संसदबाट गलत निर्णय गर्न नदिने सङ्कल्पका साथ नागरिकमाझ जाने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्