Logo

चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का निर्विरोध चयन


राज कुमार राई
१६, भदौ – काठमाडौं । नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का निर्विरोध चयन भएका छन् । यस क्षेत्रमा लामो समय अनुभव बटुलेका खड्का महाधिवेशन भन्दा दुई दिन अगाडि निर्विरोध चयन भएका हुन् ।

बिहिवार तोकिएको उम्मेदवारी मनोनयन प्रक्रियामा अध्यक्ष पदमा नवलको मात्र एकलो उम्मेदवारी परेपछि उनी निर्विरोध मनोनयन भएको हो । अध्यक्षसँगै निर्माता संघको सम्पूर्ण कार्यसमिति निर्विरोध भएको छ । महासचिवमा निर्माता सुनिलकुमार थापा, उपाध्यक्षद्वयमा उदय सुब्बा र दीपेन्द्र के खनाल निर्विरोध तथा सचिवमा किसान पोखरेल र कोषाध्यक्षमा ज्योतिराज राई निर्विरोध चयन भएका छन् ।

पाँच वर्षपछि हुन लागेको निर्माता संघको चुनावी साधारण सभा भने भदौ १८ गते शनिवारलाई राखिएको थियो । संघको नयाँ कार्यसमिती घोषणा र आगामी दिनको योजना १८ गतेको कार्यक्रममा गर्ने संघले जनाएको छ । नेपाली चलचित्र निर्माता संघ चलचित्र निर्माण गर्ने निर्माताहरुको साँझा संगठन हो । यस अगाडि संघको नेतृत्वमा निर्माता आकाश अधिकारी रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्