Logo

नेपालमा डेंगु आक्रमण ३५ बर्षीया युवतीको मृत्यू


राज कुमार राई
१६, भदौ – काठमाडौं । डेंगुको संक्रमणबाट कैलाली जील्लामा एक युवतीको मृत्यु भएको छ । उपचारका क्रममा ३५ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी दिए । अहिले नेपालमा तीव्र रुपमा डेंगु प्रकोप बढ्दै गएको छ ।

उपमहानगरपालिका–१२ की ३५ वर्षीया महिलाको निसर्ग अस्पतालमा गत मंगलबार उपचारका क्रममा मृत्यु भएको हो । अस्पतालले उनलाई डेंगु भएको पुष्टि गरेको छ । त्यसको साथै छातीमा समस्या भएको समेत चिकित्सकहरुले जनाएका छन । महाशाखाका अनुसार गत पुसदेखि हालसम्म २ हजार ८२७ जनामा संक्रमण पुष्टि भएको छ । देशभर ७२ जिल्लामा डेंगुका बिरामी फेला परेका छन् ।

सबैभन्दा बढी ललितपुरमा एक हजारभन्दा बढीलाई संक्रमण भएको छ । त्यसैगरी, काठमाडौं, रूपन्देही, धादिङ लगायतका जिल्लामा डेंगुको प्रकोप बढ्दो क्रममा छ । डेंगु संक्रमित व्यक्तिमा श्वास–प्रश्वासमा कठिनाइ भएमा, पेट दुख्ने, गिजाबाट रगत बगेजस्तो हुने, दिसा कालो हुने, उल्टी हुँदा रगत देखिने, बिरामी मुर्छा हुनेलगायत लक्षण देखिन्छन् ।

 

प्रतिक्रिया दिनुहोस्