Logo

आज भाद्र शुक्ल पञ्चमी तिथि, नारीहरूले सप्तऋषिको पूजा आराधना गरेर तीज ब्रत तोड्दै


राज कुमार राई
१६, भदौ – काठमाडौं । आज भाद्र शुक्ल पञ्चमी आर्थात सप्तऋषिको दिन परेको छ । आज बिहानैदेखि हिन्दु महिला नारीहरूले सप्तऋषिको पूजा आराधना गरी ब्रत तोड्दै छन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् ।

यसरी स्नान गरेर सप्तऋषिको पूजा गरेमा सबै प्रकारका दोष निवारण हुन्छ भन्ने धार्मिक प्रचलन रहेको छ । यही विश्वासका साथ पशुपतिनाथ मन्दिर नजिकको बागमती नदीमा स्नान गर्ने र सप्तऋषिको पूजा गर्ने महिलाहरुको चहलपहल विहानैदेखि बढेको छ । आज काठमाडौंको टेकु गोकर्णेश्वर,साँखु र मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिलाको भीड लागेको छ ।

प्रतिक्रिया दिनुहोस्