नागरिकता विद्ययक सम्बन्धी छलफलका लागि प्रचण्डसहितका माओबादी केन्द्रका शीर्ष नेताहरु शीतलनिवासमा
१५,भदौ – काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका शीर्ष नेता शीतलनिवास पुगेका छन् । नागरिकता विद्ययक सम्बन्धी छलफलका लागि प्रचण्डसहितका शीर्ष नेताहरु शीतलनिवास निवास पुगेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेताहरुलाई परामर्शका लागि बोलाएपछि अध्यक्ष प्रचण्डसहितका शीर्ष नेता शीतलनिवास पुगेको प्रचण्डको सचिवालयले जनाएको छ । राष्ट्रपति भण्डारीले केही समययता नागरिकता विधेयकबारे विभिन्न पार्टी र नागरिक अगुवाहरुसँग परामर्श गर्दै आएकी छन् ।
उनी आफूले फिर्ता पठाएको विधेयक हुबहु प्रतिनिधि सभाबाट पास गरिएकोमा असन्तुष्ट छन् । त्यसैको परामर्शका लागि अहिले उनले विभिन्न शीर्ष नेताहरुसँग परामर्श गर्दै आएकी छन् ।