Logo

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराद्वारा आफूमाथि लगाइएको महाभियोग निस्क्रिय भएको भन्दै न्याय दिन आग्रह


१५,भदौ – काठमाण्डौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूमाथि लगाइएको महाभियोग स्वत निस्क्रिए भएको भन्दै आफूलाई न्याय दिन आग्रह गर्नुभएको छ । अनाहकमा आफूलाई मिडिया र राजनीतिकदल प्रतिशोध गर्न खोजेको आरोप लगाएको छ ।

जमराले आफूमाथी लगाएको महाअभियोग प्रति असन्तुष्टि व्यक्त गरेका छन् । बुधबार महाभियोगबारे बयान दिन महाभियोग सिफारिस समितिमा उपस्थित भएका जबराले एमालेले ल्याउनुपर्ने महाभियोग प्रस्ताव गठबन्धनले ल्याएको भन्दै प्रतिप्रश्न गरे ।

प्रति पक्ष एमालेबाट आउनु पर्ने महाभियोग प्रस्ताव गठबन्धनबाट किन आयो भनेर उनले प्रति प्रश्न गरेका हुन् । उनले आफूलाई मात्रै नभएर सर्वोच्च अदालतमा बहालवाला अन्य पाँच न्यायाधीशमाथि पनि महाभियोग लगाउनुपर्ने तर्क गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्