Logo

पशुपतिमा तीज बिशेष मेला, दर्शन गर्न आउने महिलाहरुको भीड


 

राज कुमार राई
१४,भदौ – काठमाण्डौं । हिन्दु महिला नारीहरुको महान तीज पर्व आज परेको छ । यो अवसरमा पशुपतिनाथ मन्दिरमा तीज बिशेष मेला लागेको छ ।
दर्शन गर्न आउने हिन्दु महिलाहरुको भीडबाड देखिएको छ । विशेष गरि महिला नारीहरु आजको दिन नुहाई दुहाई गरि गरगहान र नयाँ पहिरणमा सजिएर शिवजीको दर्शन तथा रमाईलो नाँचगान गर्ने गर्छन् । आज देशभरका महिलाहरु मन्दिर जाने र दर्शन गर्नमा व्यस्त हुन्छन् । पशुपतिनाथ मन्दिर परिसरमा आज भक्तजनहरुको निकै भीडबाड देखिएको छ । विहानैदेखि दर्शन गर्न आएका महिलाहरु लामबद्ध रुपमा देखिएका थिए ।

गत बर्षको तीज भन्दा यो बर्ष पशुपतिनाथ मन्दिरमा भक्तजनहरुका लागि सहज देखिएको छ । पशुपति विकास कोषले गत बर्षको भन्दा यो बर्ष राम्रो व्यावस्था गरेकोले भक्तजन तथा महिला दिदीबहिनीहरुलाई मन्दिरमा दर्शन गर्न सहज भएको स्वंयम सवेक दुर्गा प्रसाद भट्टराईले बताउनु भयो । साथै सुरक्षा व्यावस्था, स्वयमसेवक र कर्मचारीहरुको आपसी सहकार्य र राम्रो व्यावस्थाले गर्दा यो बर्ष महिला दिदीबहिनीहरुलाई दर्शन गर्न कुनै समस्या नभएको भट्टराईको भनाई थियो । अघिल्लो बर्ष कोरोना महामारीले गर्दा मानव जीवन तहसनहस थिए । के तीज, के दशै र के तिहार ? चाडभाडको कुनैको पनि रौनग्ता नै थिएन ।

तर यो बर्ष मानव जीवन उकासिएसँगै केही खुशीयाली पनि छाएको छ । यतिखेर सबै मन्दिर,सार्बजनिक स्थलहरु,व्यापार व्यावसायहरु समेत पूर्ण रुपमा खुल्ला भएको छ । यो सँगै मानव आवतजावत पनि बढेको छ । यो बर्षको तीजमा महिलाहरु निकै उत्साहित र खुशि देखिएका छन, । पशुपतिनाथ मन्दिरको चाडैतिरको प्रवेशद्वार यो बर्ष पूर्ण रुपमा खुल्ला गरिएको छ । जसले गर्दा महिलाहरु लामो समय लाइनमा बस्नु पर्ने अवस्था नदेखिएको हो । पशुपति विकास कोषको राम्रो व्यावस्थापनले गर्दा यो बर्ष दर्शन गर्न निकै सहज भएको दर्शन गर्न आएका महिलाहरुले बताए । तीज महिलाहरुका लागि बिशेष पहिलो पर्वको रुपमा मानिन्छ ।

यो दिन विभन्न पेशा तथा सरकारी जागिरमा आबद्ध महिलाहरु समेत बिदा बस्ने गर्छन । महिलाहरुको महान चाडको अवसरमा यो दिन नेपाल सरकारले समेत देशभर सार्बजनिक विदा कायम गरेको छ । महिलाहरु यो दिन राम्रो र आकर्षक पहिरणमा थातिएर रमाईलो भेटघाट तथा मनोरञ्जन गर्ने गर्छन् । यो दिन तीज गीतमा छमछमी नाँच गान गर्नुका साथै तीजको अर्थ बुझ्ने महिलाहरु भजनकृतन समेत गाउने गर्छन् । जसले गर्दा जानअनजानमा गरेका पाप कुकार्यहरु नाश भएर पूण्य आर्जन हुन्छनु भन्ने मान्यताहरु पनि राखिन्छन् । तीजको दिन महिलाहरु निकै नै हर्षित र उत्साहित देखिन्छन् ।

तीज पर्वको एक हप्तादेखि नै उनीहरु आपसमा भेटघाट तथा दर खाने रमाईलो कार्यक्रम गर्ने गर्छन् । तीज पर्वलाई महिलाहरुले बर्षभरिको आफ्नो दुःख पिडा विसाउने चौतारीको रुपमा पनि लिने गर्छन् । पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आएका महिलाहरुले तीज पर्वको दिन एकदमै रमाईलो महशुस भएको बताएका छन् । रमाईलो भेटघाट र मनोरञ्जनसँगै यस पर्वमा महिलाहरु ब्रत बस्ने चलन पनि छ । विवाहित महिलाहरुले आफ्नो स्वामी अर्थात श्रीमानको आयु लामो होस् र परिवारमा सुख शान्तिा छाओस् भन्ने विश्वास र आस्था राख्छन् । अविवाहित महिलाहरुले शिवजी जस्तै असल स्वामी पाउ र रंगीनमय जीवन बनोस् भन्ने कामना गर्छन् ।

तीज पर्वको नाममा अनेक विकृति समेत देखिएको छ । बाहिरी सँस्कृति नेपालमा भित्रिएसँगै महिलाहरुमा छाडा उताउलोपन पछिल्लो समयमा देखिएको छ । शिव पावर्तीले लगाएको पहिरण भन्दा बाहिरको नक्कल गर्नु, दरको नाममा मदिरापान सेवन गर्नु, अश्लिल नाँचगान जस्ता कुराहरुको पनि अहिले होटबाजी नै चलेको छ । यस किसिमको विकृतिलाई रोकथाम गरि परापूर्वकालदेखि अपनाउदै आएको सँस्कृतिलाई बचाउनु पर्ने दर्शनार्थी महिलाहरुको भनाई थियो ।

हिन्दु सनातन धर्म अनुसार शिव पावर्तीले अनुसरण गर्दै आएको विश्वास र आस्थाको आधारमा आज देशभर महिला नारीहरुले तीज पर्व मनाउदै आएका छन् । तीजको अघिल्लो दिनदेखि ब्रत वस्दै आएका महिलाहले पञ्चमीको दिन खोलाको किनारमा गएर नुहाइ दुहाई गरि सूर्यलाई अर्ग चढाई मन्दिरमा पूजा गरेपछि ब्रत तोड्ने चलन रहेको छ । आज देशका पशुपतिनाथ मन्दिर,दोलेश्वर मन्दिर लगायत शिवजीका सबै मन्दिरहरुमा विशेष गरि महिला नारीहरुको भीडबाड बढेको छ ।

 

 तस्विर ः उत्सव वाग्ले

 

 

प्रतिक्रिया दिनुहोस्