Logo

अवैध संरचना हटाउन महानगरको तीव्रता, आईतबार रत्नपार्कको सब –वेमा महानगरको हतियार चल्यो


राज कुमार राई
१२ – भदौ,काठमाडौं । काठमाडौं महानगरले आफ्नो क्षेत्रमा रहेका अवैध संरचनाहरूलाई हटाउने अभियानलाई तीव्रता दिएको छ । ३५ दिने सूचना दिँदा पनि अटेर गर्नेहरू कहाँ मेयर बालेन शाह आफै डोजर लिएर त्यस्ता अवैध संरचना हटाइरहेका छन् ।

काठमाडौँको नयाँ बानेश्वर, सुनधारा, नयाँ सडक, बनस्ठली क्षेत्रमा मेयर शाहले डोजर चलाइसकेका छन् । आइतबार काठमाडौँ महानगरले रत्नपार्क नजिकै रहेको सब(वेमा निर्माण गरिएको अवैध संरचना भत्काएको छ । यसपटक डोजरभन्दा पनि नगर प्रहरीहरू आफैले सो संरचना भत्काएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्