काठमाण्डौं महानगरपालिकाले थालेको अवैध संरचना भत्काउने अभियानमा आफ्नो सहमति रहेको उपमेयर सुनिता डंगोलको दावी
राज कुमार राई
भदौ,१२ – काठमाडौं । उपमेयर सुनिता डंगोलले अवैध संरचना भत्काउने र कानुन कार्यान्वयन गराउने महानगरको अभियानमा आफ्नो पूर्ण सहमति रहेको बताएकी छन् । पछिल्लो समय महानगरपालिकाले थालेको सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी तथा स्वीकृत विपरीत निर्माण गरेका संरचना हटाउने अभियान सकारात्मक रहेको भन्दै उनले एक अपिल विज्ञप्ती जारी गरेकी छन् ।
उनले जारी गरेको अपिल विज्ञप्तीमा सत्यतथ्य,विश्वासनीयत र गोपनीयताको मर्यादालाई ख्याल नै नगरी कुनै मिडियाले आफ्नो नाम जोडेर भ्रमात्मक समाचार सम्पे्रसन गरेको प्रति खेद प्रकट गरेकी छन् । आफू उपमेयरको हैशियतले कानुनले व्याख्या गरेको नीतिनियमको पालना गर्न तयार रहेको र महानगरले अवैध संरचना भत्काउने चलाएको अभियानमा आफ्नो पूर्ण सर्मथन रहेको समेत प्रस्ट पार्नु भएकी छन् ।
यस्तो छ उपमेयर सुनिता डंगोलले जारी गरेको अपिल