Logo

मानवतस्करीमा नायिका केकी अधिकारी र नायक हरिश सिग्देल सहित १४ जनाको नाम मुछिए


 

राज कुमार राई,
११,भदौ, काठमाडौं । मानवतस्करी कार्यमा नायिका केकी अधिकारी र नायक हरिश सिग्देल सहित १४ जनाको नाम मुछिएको छ । गरेर कलाकारहरूलाई नर्वे पु¥याउन खोजेपछि रहस्य बाहिरिएको हो । बोर्डको पत्र दुरुपयोग गरेर भिसाका लागि भारतस्थित नर्वेको राजदूतावासमा कागजपत्र पेश गरिएको थियो । नर्वेको राजदूतावासलाई कागजपत्रमा शंका लागेर बोर्डलाई मेलबाट पत्र पठाएर सोधेपछि रहस्यको खुलासा भएको थियो ।

फिल्म सुटिङको बहानामा १४ जना व्यक्तिलाई नर्वे पु¥याउन गिरोह सक्रिय भएको देखिएको छ । बोर्डका तर्फबाट पेस गरिएको कीर्ते सिफारिसमा भिसा माग गरिएका १४ जनाको सूचीमा नायिका केकी अधिकारी र नायक हरिश सिग्देल ‘आर्यन’को नाम पनि छ । दूतावासमा ‘ब्लु बर्ड एचडी’ नामक चलचित्र निर्माण कम्पनीमार्फत ‘तिम्रो नजर’ फिल्मको सुटिङका लागि भनेर भिसा माग गरिएको छ  ।

केकी अधिकारी, हरिश सिग्देल ‘आर्यन’, म्युजिक भिडियो निर्देशक दीपकप्रसाद आचार्य, निर्माता रोशन पराजुली पर्यटन बोर्डका सदस्य सचिव डा.धनञ्जय रेग्मीले केही चल्तीका कलाकारको नाम देखाएर अन्य व्यक्तिलाई नर्वे पु¥याउने नियत देखिएको बताएका छन् । उनले बोर्डको लेटरहेड, छाप र हस्ताक्षर कीर्ते गरेर भिसा प्राप्त गर्न खोजेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्