Logo

महाकुलुङ गाउँपालिका वडा नं २ को घुम्ति सेवा काठमाण्डौं उपत्यकामा सञ्चालन हुने


राज कुमार राई
७,भदौं–काठमाण्डौं । सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका वडा नं २ को कार्यलयले काठमाडौं उपत्यकामा रहेका आफ्नो नागरिकहरुका लागी बुधबारबाट घुम्ति सेवा सञ्चालन गर्ने भएको छ । वडाले भाद्र ८ गते देखि १३ गते भित्र कपन दुर्गा मन्दिर स्थित रहेको “गुद होप रेष्टुरेन्ट”बाट आफ्नो सेवा प्रवाह गर्ने जनाएको छ । सेवा प्रवाहका लागी वडा नं २ का अध्यक्ष प्रदीप कुलुङ, वडा सचिव लगायतका टोली काठमाण्डौं आइपुगेका छन् ।

वडा बाहिर रहेका आफ्नो नागरिकहरुका समस्यालाई मध्यनजर गर्दै उनीहरुको सुविधाका लागि उपत्यकामा घुम्ति सेवा सञ्चालन गर्न लागेको अध्यक्ष कुलुङले जानकारी गराएका छन् । घुम्ति सेवा मार्फत जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता,बसाइँ–सराई, मालपोतको काम, नेपाली नागरिकता सिफारिस, प्रतिलिपी सिफारिस,सामाजिक सुरक्षा भत्ता नविकरण लगायतका वडाबाट पाईने सेवा प्रवाह गर्ने अध्यक्ष कुलुङले बताए ।

महाकुलुङ गाउँपालिका वडा नं २ बाट काठमाडौं आई अस्थायी वा स्थायी रुपले बसोबास गर्दै आएका सम्पुर्ण नागरिकलाई बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म सेवा प्रदान गर्ने अध्यक्ष कुलुङले सामाजिक सञ्जाल फेसबुकबाट सूचना जारी गर्नु भएको छ ।

आवश्यक कागजातहरु

१) जन्म दर्ता ः– आवश्यक कागजातहरु सुचकको रुपमा बुबा वा आमा आफ्नो नेपाली नागरिकता लिएर आउनुपर्ने छ ।
२) विवाह दर्ता ः– दुलहा र दुलही दुवै उपस्थित हुनुपर्ने साथमा २÷२ प्रति पिपी साईजको फोटो, जन्मदर्ताको प्रमाणपत्र र नेपाली नागरिकताको सक्कल कपी लिएर आउनुपर्ने छ ।
३) मृत्यु दर्ता ः– सुचक मृतकको एकाघरको सदस्य हुनुपर्ने, साथमा मृतक र सुचकको नागरिकता लिएर आउनुपर्ने छ ।
४) बसाई सराई ः– बसाई जाने ठाउँ अनि जग्गाको लालपुर्जाको कपि, परिवारको हुने जतिको नेपाली नागरिकता र जन्मदर्ताको प्रमाणपत्र ।
५) मालपोत ः– अघिल्लो तिरेको रसिद साथै जग्गा धनिपुर्जा ।
६) नेपाली नागरिकता सिफारिस ः– आवश्यक कागजातहरु जन्मदर्ता, बुबा आमाको सक्कल नागरिकता, २ प्रति पिपी साईजको फोटो दुवै कान देखिने र कपाल कालो रङको हुनुपर्ने ।
७) प्रतिलिपी सिफारिस ः– नागरिकताको फोटोकपि वा जग्गाधनी पुर्जा लिएर आउनुपर्ने छ ।
८) आ.ब. ०७८÷०८० मा सामाजिक सुरक्षा भत्ता नविकरण गर्न बाँकि हुनेहरुको नविकरण गरिने छ । ः– आवश्यक कागजातहरु २ प्रति पिपी साईजको फोटो, नेपाली नागरिकताको फोटोकपी र भत्ता लिदै गरेको निलो पत्ताको फोटो कपी ।

प्रतिक्रिया दिनुहोस्