मृतक व्यक्तिलाई जिवित पारेको भन्दै भिडियोको माध्यमबाट अफवाह फैलाउने ख्रिष्चियन पाष्टर गोतामे पक्राउ

राज कुमार राई
भदौ, ६ – काठमाडौं । मृतक व्यक्तिलाई जिवित गरेको’ भन्दै भिडियो भाइरल बनाउने पाष्टर गोतामे पक्राउ परेका छन् । मृत व्यक्तिलाई जीवित बनाएको भन्दै भ्रम सृजना गरेको आरोपमा बुटवलका एक जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा कंचपुरका ३५ वर्षीय राजेन्द्र गोतामे रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिए । बुटवलको होली क्यालभरी चर्चका पास्टर गोतामेले ‘मृ’त्यु भएको भनिएको व्यक्तिलाई जीवित गराइएको’ भिडिओ सामाजिक सञ्जालमा भाइरल बनाए पछि प्रहरीले अनुन्धान थालेको थियो ।
आरोपित गोतामेलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको बुटवलका प्रहरी प्रमुख केसीले बताए । भिडियोमा होली क्यालभरी चर्चका पास्टर राजेन्द्र गोतामेले केही बेरमा भुइँमा सुतेकी महिला उठेर सरासर हिँडेको देखिन्छ । गोतामेले ‘प्रभु यशुको प्रभावले मृ’त्यु भएकी महिलालाई पुनः जीवित गराएको’ भन्दै ‘यशुलाई धन्यवाद दिन’ भनेको सुनिन्छ । भिडियोमा एक महिलाले ‘सयवटा धामीले पनि निको नभएको, पाँच ६ लाख खर्च गर्दा पनि निको नभएको’ लगायतका विषय बोलेको सुनिन्छ ।
भिडियोले समाजमा भ्रामक सन्देश दिने भन्दै सामाजिक सञ्जामा नै कारबाहीको माग उठेपछि जिल्ला प्रशासन कार्यालयले अनुन्धानका लागि पक्राउ गर्न आदेश दिएको हो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले अप्रमाणित कुरा देखाएर समाजमा भ्रम छर्न नपाइने भएकाले अनुसन्धान गरी दोषीलाई कानुन वमोजिम कारबाही गर्न निर्देशन दिएको बताएका छन् ।
स्रोत ः रिसेन्ट नेपाल न्यूज डट कम