Logo

फलेवासको बजेट पारित गर्ने अन्तिम तयारी


कलाखबर संवाददाता, पर्वत, २५ असार, २०७९

स्थानीय सरकार सञ्चालन एन २०७४ को धारा ७१ बमोजिम असार दश गतेभित्र सभामा पेस गर्ने प्राबधान बमोजिम फलेवास नगरपालिकाको बजेट पेस भएको थियो । बजेट पेस प्रश्चात केही विषयलाई लिएर गठबन्धन र नेकपा एमाले बिच विवादका कारण नगरसभावाट बजेट पारित हुन सकेको थिएन र एक अर्कापक्षलाई दोष लगाउने कार्य भएको थियो ।

ऐन बमोजिम बजेट पेस गर्नुपुर्व कार्यपालिकाबाट स्वीकृत गराई सभामा पेश गर्ने व्यवस्था रहेको छ । असार दशमा पेस प्रश्चात पन्ध्र दिन सम्ममा सभाबाट आएका सुझाबहरु बमोजिम आवश्यक रहेको खण्डमा परिमार्जनसहित पुन कार्यपालिकाबाट स्वीकृत गराई सभामा पेस गर्ने व्यवस्था रहेको छ र बजेट असार मसान्तभित्र पारित गरिसक्नुपर्ने बाध्यकारी अवस्था ऐनमा रहेकोछ ।


धेरैजसो पुराना कार्यक्रमलाई प्राथमिकता दिने गरी बजेटको खाका तयार भएको एक कार्यपालिका सदस्यले बताए । नगरले संचालन गर्दै आएको ग्रिन–क्लिन फलेवास अन्तरगत वार्षिक करोडौं खर्च हुने कार्यक्रम त्यति प्रभाबकारी भएको भने देखिदैन जुन कार्यक्रम अन्तर्गत बाह्रजना कर्मचारी कार्यरत रहेका छन् । कर्मचारी भर्ना गर्दा बिज्ञापन नगरी सिधै कार्यपालिकामा निर्णय गरेर भर्ना गरीएको थियो । कर्मचारीलाई उचित परिचालन गरेर काम दिन नगरले सकेको छैन प्राय कर्मचारी काम नभएर बसेकै देखिन्छन् भने वार्षिक करिब तिस लाख कर्मचारीको तलबमा मात्र खर्च हुने गरेको देखिन्छ । नयाँ स्थानीय सरकारले यो कार्यक्रम निरन्तरता दिन के गर्छ भन्ने चासोको बिषय रहेको स्थानीय सरोकारवाला बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्