मनोनयन दर्ता गर्नुअधि स्थानीय तहका जनप्रतिनिधिहरुले अनिवार्यरुपमा पदबाट राजिनामा दिनुपर्ने
राज कुमार राई,
कलाखबर,६ बैशाख काठमाण्डौैं । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागी प्रत्येक स्थानीय तहका जनप्रतिनिधिहरुले पदबाट राजीनामा दिनुपर्ने भएको छ ।
निर्वाचन आयोगले आचारसंहितामार्फत गरेको राजीनामा दिनुपर्ने प्रवाधान तत्काल कार्यान्वयन नगर्नु भनी सर्वोच्च अदालतले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेश मंगलबार खारेज भएको छ ।
यो सँगै मनोनयन दर्ता गर्नु अघि प्रत्येक स्थानीय तहका जनप्रतिनिधिहरुले पदबाट राजिनामा दिनुपर्ने बाध्यता भएको हो । न्यायाधीशहरु तेजबहादुर केसी र
तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दायर गरेको रिट निवेदन खारेज हुने निर्णय गरेको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।