Logo

नेकपा माओबादी केन्द्र मन्डनदेउपुरका वडा सहसचिव महेश पराजुली सहित दर्जनौ कार्यकर्ता नेकपा एमाले प्रवेश


 

राज कुमार राई,
कलाखबर,फागुन,२८ – काठमाण्डौं । नेकपा माओबादी केन्द्र मन्डनदेउपुर वडा नं ४ का सहसचिव महेश पराजुली सहित दर्जनौ कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । स्थानीय तहको निर्वाचन मुखैमा आएको बेला माओबादी केन्द्र परित्याक गरि महेश पुराजुली सहित दर्जनौ कार्यकर्ता एमाले पार्टीमा प्रवेश गरेका हुन् ।

नेकपा एमाले काभ्रे–काठमाण्डौ सम्र्कमञ्चको ११ औ जिल्ला सम्मेलनमा औपचारिक रुपमा टिका माला र खदा लगाएर प्रमुख अतिथि तथा नेकपा एमाले पोलिव्यूरो सदस्य एवम् केन्द्रिय अनुसाशन आयोगका अध्यक्ष केशव बरालले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

अखिल नेपाल उपत्यका टयाक्सी व्यावसायी संघका उपाध्यक्ष समेत रहेका पराजुरी समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाई आत्मासात गर्दै देश निर्माणको सपना पुरा गर्न आजको मितिबाट एमालेमा प्रवेश गरेको पराजुलीले कलाखबरलाई बताए ।

गोकुल वास्कोटा आफ्नै जिल्लाको सासंद भएकोले उहाँलाई साथ दिएर सिंगो गाउँ र काभ्रे जिल्लालाई बलियो रुपमा समृद्ध विकास गराउने उद्देश्यले माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गरेको पराजुलीको भनाई रहेको छ ।

उहाँ लगायत नव प्रवेशीहरुलाई पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरुले स्वागत तथा बधाई ज्ञापन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्