Logo

सत्ता मोहका कारण राष्ट्रघाती एमसीसी अनुमोदन भयो– पौड्याल


कलाखबर संवाददाता, काठमाडौं, २०७८ फागुन १५

सरकारले जनताको विरोधका बावजूद एमसीसी पास गरेकोमा विश्लेषक भोलानाथ पौड्यालले तिव्र असन्तुष्टि व्यक्त गरेका छन् । एमसीसी पास गर्न नहुनेथियो भयो अझ लज्जास्पद र जनताका आँखामा छारो हाल्न ब्याख्यात्मक टिप्पणीका १२ बुँदाहरु ल्याइयो त्यसको अर्थ के छ ? दुई पक्षको हस्ताक्षर विनाको कागजको कुनै अर्थ छैन त्यसले कानुनी मान्यता पनी पाउदैन केबल जसपाको इज्जत थाम्न प्रधानमन्त्री शेरबहादुर देउवाले रचेको खेल हो, यसको परिणाम माधब नेपाल र प्रचण्डलाई अबको चुनावमा जनताले देखाइदिने नै छन्, पौड्यालले आक्रोश व्यक्त गर्दै बताए ।

एमसीसी अनुमोदन गरेकोमा सामाजिक संजालमा तिव्र विरोधहरु देखा परेका छन भने कतिपयले विभिन्न पार्टी परित्याग गरेको घोषणा समेत गरेका छन् । पौड्यालका अनुसार सामन्यतया दुईपक्षको हस्ताक्षर गरेकोलाई अर्थात प्रस्ताब स्वीकार गर्नुलाई सम्झौता मानिन्छ त्यसैले ब्याख्यात्मक टिप्पणीको नाटक गरेर जनतालाई भ्रम छर्नु आवस्यक छैन, यो कार्यमा एमालेलेको भूमिका समेत कमजोर रह्यो ।

कर प्रणालीलाई सुधार गरी करछलीलाई न्यून गराई बक्यौता कर उठाउन सक्ने हो भने त्यो पाँच वर्षको रकम एक वर्षमै संकलन गर्न सकीन्छ तर यसो गर्दा व्यवासायी सँग सम्बन्ध विग्रन सक्ने भयो, एमसीसी पास गर्दा अमेरीकावाट सकारात्मक लाभ आर्जन हुने भएको कारण एमसीसी अनुमोदन गरेको भन्दै पौड्यालले आरोप समेत लगाए ।

प्रतिक्रिया दिनुहोस्