Logo

एक महिने श्री स्वस्तानी ब्रत बुधबार समापन,अन्तिम दिन भक्तजनहरुको घुइँचो


राजकुमार राई,
कलाखबर,४ फागुण काठमाण्डौं । माघ ३ गतेबाट सुरु भएको एक महिने श्री स्वस्तानी ब्रत आज बुधबार फागुण ४ गते समापन भएको छ । ब्रत मेलाको अन्तिम दिन भक्तजनहरुको निकै बाग्लो घुइँचो रहेको थियो ।

शाँखु स्थित शालीनदीमा जल स्नान गर्दै साँगे पूजा सहित स्वास्तानी ब्रतको समापन भएको हो । मेलामा काठमाण्डौं, भक्तपुर ललितपुर लगायतका दर्शनार्थीहरुको बाग्लो घुइँचो रहेको थियो ।

शाली नदीमा माधव नारायणको पूजा र स्नान गर्नाले जानीनजानी गरेको पापको कर्म तरेर पूण्य कमाईन्छ भन्ने धार्मिक आस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्